विराटनगर : माेरङकाे रतुवामाई नगरपालिका – ४ झुर्कियामा चट्याङले लागेर एकजना किशोरीकाे मृत्यु भएकाे छ ।
मंगलबार बिहान अविरल वर्षासँगै परेको चट्याङले लागेर सोही स्थानकी १६ वर्षीया विपना मेहताको मृत्यु भएको हो ।
माेरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार घरमै बसिरहेका बेला बिहान ७:३० बजेतिर चट्याङले लागेर विपना गम्भीर घाइते भएको र चट्याङले लागेर बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ ८:३० बजेतिर चिकित्सकले मृत घाेषित गरेका थिए ।
शवलाई पाेस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएकाे छ ।