Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा असार २ गते धिमाल जातिका लागि सार्वजनिक विदा



विराटनगर : कोशी प्रदेश सरकारले असार २ गते धिमाल जातिका लागि विदा दिने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले धिमाल जातिको प्रमुख पर्व जातिरी/सिरिजातको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री लिालबल्लभ अधिकारीले प्रदेशमा रहेका धिमाल जातिका लागि आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२–२०८५/०८६ ) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

अधिकारीले प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१/०८२ का् बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए । प्रदेश सरकारलले आज दिउँसो ३ बजे प्रदेशसभाको बैठकमा बजेट सार्वजनिक गर्दैछ ।

यस्तै प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार