Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दक्षिण अफ्रिकाविरुद्ध नेपालकाे आक्रामक बलिङ, ११६ रनकाे लक्ष्य



विराटनगर : टी–२० विश्वकपमा सानदार बलिङ गर्दै नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा सिमित गरिदिएको छ। नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो।

निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दियो।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिएका थिए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए।

वेस्ट इन्डिजमा भएको यो खेलमा नेपालका सन्दीप लामिछाने पनि सामेल भएका थिए। उनले ४ ओभरमा दक्षिण अफ्रिकालाई १८ रनमात्रै दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार