विराटनगर : सरकारले आगामी असार ३ गते सोमबार परेको सार्वजनिक बिदा दिएको छ ।
सरकारले इस्लाम धमर्मलम्बीहरूको पर्व बकर इद (उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले आज सूचना जारी गरी बकर इदका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २० गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।