Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापामा आमासहित दुई छोरा मृत फेला



विराटनगर : झापामा एकै परिवार आमा र दुई छोरा मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार बिहान शिवसताक्षी नगरपालिका- ३ स्थित एक घरमा आमासहित दुई बच्चा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

केसीका अनुसार अन्जली बेस्रा र उनका जेठा छोरा ७ वर्षीय विशाल र २ वर्षीय अर्का छोरा आयुष मृत अवस्थामा आफ्नै घरमा फेला परेका हुन् ।

अन्जली झुन्डिएको अवस्थामा फेला परेकी थिइन् भने छोराहरु ओछ्यानमा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार घटनास्थलमा बमिट समेत गरिएको देखिएको छ । त्यस्तै विषादी समेत गन्ध आइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केसी र चिकित्सकको टोली घटनास्थलतर्फ जाँदैछन् ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार