विराटनगर : प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङका पहिरो पीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिन सांसद भट्टराईको माग दिन सरकारसँग माग गरेका छन् ।
गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चार जनाको निधन भएको घटनाप्रति दुख व्यक्त गर्दै भट्टराईले मृतकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेका छन् ।
पहिरोले घर बगाउँदा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकाश साम्रा लिम्बुको बुवा रामबहादुर साम्रा लिम्बु, आमा जसमाया लिम्बु र जुम्ल्या बहिनीहरु गंगा र जमुनाको निधन भएको छ ।
यस्तै भट्टराईले सोही स्थानमा पहिरोले युगेन साम्राको घर क्षति भएको साम्रासहित ४ वर्षीया छोरी निशा लिम्बु शक्त घाईते भएका कारण उपचार तथा आवासको ब्यबस्था गर्न सरकारसँग माग गरेका छन् ।