जनकपुर : जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।
जनकपुरमा जारी महाधिवेशनअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्।
औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।
यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो। त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहँदै आएका छन्।