Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

३० करोड भ्रष्टाचारको आरोपमा बागमतीका मेयरविरुद्ध आरोप पत्र दायर



काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भारत कुमार थापासहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।

अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार  ८९७ रकम अनियमितता गरेको भन्दै मुद्धा दायर गरेको हाे।

संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा नेपाल सरकारको स्वीकृत विना बागमती नगरपालिकाले बागमती माछा पोखरी बनाउने क्रममा ३० करोड २९ लाख ३४ हजार  ८९७ रकम रकम हानिनोक्सानी गराएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले हाल निलम्बित मेयर थापा सहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना शाखाका प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मथुर चौधरीलाई आरोपी बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार