Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले सुनसरीका अध्यक्ष खनालको मृत्यु



विराटनगर : नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाजको बिरामी रहेका खनालको उपचारका क्रममा भारतको हैदराबादमा मृत्यु भएको हो ।

उपचारका लागि हैदरावाद लगिएका खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्वअध्यक्ष रेवतीरमण भण्डारीले बताए ।

खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

खनाल राहक्षेत्र नगरपालिकाका पूर्व मेयरसमेत हुन् ।

बिरामले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार