विराटनगर : सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउन पर्नेमा सुनसरीको हरिनगर गाँउपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए ।
बरामद भएको रकममा १ हजार दरको नोट ( हजार ७ सय थान ((७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ । डीएसपी थापका अनुसार प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन सकेका छैनन् ।