Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माधव नेपालले गठबन्धन परिवर्तन गर्नुहुन्न : प्रधानमन्त्री प्रचण्ड



विराटनगर : प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नछाड्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माधव नेपालको बानी यताउता गर्ने भए पनि गठबन्धनमा असर गर्ने खालको नभएको बताएका हुन् ।

उनले माधव नेपाल एमाले-माओवादीकै गठबन्धनमा रहने बताए । उनले यस विषयमा नेपालसँग आफ्नो कुरा भइरहेको सुनाए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भने, ‘आज बिहानमात्रै पनि मेरो उहाँसँग कुराकानी भएको थियो । कुराकानीका क्रममा नेपालले समीकरणभन्दा बाहिर नजाने भनेर स्पष्ट पार्नुभएको छ ।’

प्रचण्डले मधेश प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे । उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनुभएको थियो, तर अहिले उहाँ हामी भन्दा बाहिर जानु हुन्न ।’

प्रतिक्रिया
सम्बन्धित समाचार