Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आजदेखि ‘श्रमाधान रोजगार मेला’, प्रधानमन्त्रीले उद्घाटन गर्ने



विराटनगर : विराटनगरमा बिहीबार श्रमाधान रोजगार मेला शुरु हुँदैछ। मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलको आयोजनामा सातै प्रदेशमा हुने मेला बिहीबार कोशीको विराटनगरमा शुरु हुन लागेको हो।

मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुई दुई दिनसम्म चल्नेछ। मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मेला गर्न लागेको बताए। मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबचिको साझेदारीलाई प्रवर्धन गर्ने रहेको उनले बताए।

श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश मेला संयोजक सुशीलप्रसाद आचार्यले मेला रोजगारी दिने र माग्नेबिचको सेतु भएको तर्क गरे। मेलाबाट सबै प्रदेशबाट सङ्कलन भएका रोजगारदाता संस्था र रोजगारीमा खोजी गर्ने आएका तथ्यांक समेटर रोजगार बैंक बनाउने र  यसबाट बेरोजगारको तथ्यांक, सीप र रोजगारीका अवसरबारे स्पष्ट उल्लेख हुने बताए।

मेला जेठ ३० गते बुधबार बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार