Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट



काठमाडौँ : आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यो बजेट यस वर्षको सुरुको विनियोजन भन्दा करिब २१ प्रतिशत र संशोधित अनुमानको ६.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । अर्धवार्षिक समीक्षामार्फत त्यसलाई सवा २ खर्ब घटाएको थियो ।

कूल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ रु ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको छ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।

प्रतिक्रिया
सम्बन्धित समाचार