Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकारमा बिक्रम लुइँटेल नियुक्त



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस सल्लाहकारमा बिक्रम लुइँटेललाई नियुक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्षसमेत रहेका लुइँटेललाई सोमबार मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका लुइँटेल प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कोशी इन्चार्जसमेत हुन् ।

उनलाई निजामती सेवाको उपसचिव तथा सो सरहको सुविधा पाउने गरी प्रेस सल्लाहकार नियुक्त गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार