विराटनगर : संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेपछि भेडा पालन गर्ने किसानलाई क्षतिपूर्ति दिन प्रदेश सभा सदस्य विदुर लिंथेपले माग गरेका छन् ।
सोमबार प्रदेशसभाको शून्य समयमा बोल्दै लिंथेपले चट्याङ लागेर सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको बताउँदै तत्काल राहतको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।
लिंथेपका अनुसार ७२ वटा भेडाको मूल्य करिब १८ लाख रहेको छ ।