Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त



विराटनगर : कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी नियुक्त भएका छन् ।

आज बसेको प्रदेश मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री हिक्तकुमार कार्कीको प्रस्तावमा झापाको विर्तामोड ७ निवासी अधिकारीलाई योजना आयोग उपाध्यक्षमा नियुक्त गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

अधिकारी मेची बहुमुखी क्याम्पसमा अर्थशास्त्रका उपप्राध्यापक हुन् । अर्थशास्त्री अधिकारीले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तरबीचको सम्बन्ध विषयमा विध्यावारिधी गरेको बताइएको छ ।

मुख्यमन्त्री अध्यक्ष हुने योजना आयोगमा नयाँ सरकार गठन भएसँगै नयाँ नियुक्ति हुने गरेको छ । आयोगका सदस्यहरु भने नियुक्त भइसकेका छैनन् ।

प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । आयोगको अध्यक्ष भने मुख्यमन्त्री रहने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार