विराटनगर : उदयपुरमा विभिन्न पार्टी परित्याग गरी ४१ जना नेता कार्याकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार जिल्लाको लिम्चुङबुङ गाउँपालिका नेपाली कांग्रेस र नेकपा माओवादी परित्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले लिम्चुङबुङ कमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा माओवादीका लोकप्रिया स्थानीय नेता गन्जु शेर्पासहित ४१ जना एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई एमाले पोलिटब्युरो सदस्य मञ्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी, जिल्ला अध्यक्ष भागवत राउत, प्रदेश कमिटी सदस्य देवराज राई, पूर्व जिल्ला अध्यक्ष परमेश्वर घिमिरे लगायतले टिका माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
एमाले उदयपुरका उपसचिव हेम खड्काले लिम्चुङबुङमा एमालेप्रति जनताको विश्वास बढ्दै गएको र पार्टी प्रवेशले पार्टीमा थप उत्साह थपिएको बताए ।