Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यन्यायधिवक्ता रुपेश कोइराला पदमुक्त



विराटनगर : कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले आइतबार पदमुक्त गरेका हुन् ।

कोइरालालाई केदार कार्कीले पुस २२ गते प्रदेशको मुख्यन्यायधिवक्तामा नियुक्त गरेका थिए । तर, कोशीमा नयाँ सरकार गठन भएसँगै कोइरालालाई पदमुक्त गरिएको हो ।

मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गलले कोइरालालाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जाानकारी दिए ।

मुख्यमन्त्रीको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६० उप धारा ४ को खण्ड (ख) बमोजिम पदबाट मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार