विराटनगर : प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले देशमा भइरहेको अस्थिर राजनीतिको अन्त्यका लागि नेकपा एमालेले मिसन ८४ अभियान चलाएको बताएका छन् । उनले एमालेले उक्त अभियानलाई सफल बनाएर बहुमत ल्याउने गरी पार्टी निर्माण गर्नुपर्ने बताए ।
शनिबार अनेमसंघ मोरङको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले स्थायित्वबिना मुलुक परिवर्तन नहुने बताए ।
एमाले मोरङका अध्यक्षसमेत रहेका पोखरेलले मिसन ८४ लाई सफल बनाउन अनेमसंघको भूमिका महत्वपूर्ण हुने बताए ।
एमालेले सुखी नेपाली र समुद्ध नेपालको लक्ष्य बोकेर अघि बढिरहेकाले यसको महत्वलाई तल्लो तहसम्म पुर्याउन उनले कार्यकर्ताहरुलाई निदेर्शनसमेत दिए ।
देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको नेतृत्व आवश्यक रहेको पोखरेलको भनाइ छ ।