विराटनगर : नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा भिष्मा रेग्मी निर्विरोध निर्वाचित भएकी छन् ।
शनिबार विराटनगरमा सम्पन्न जिल्ला कमिटीको आठौँ अधिवेशनले रेग्मीको नेतृत्वमा निर्विरोध नयाँ कमिटी चयन गरेको हो । उनी यसअघि पनि जिल्ला अध्यक्ष थिइन् ।
जिल्ला कमिटीको उपाध्यक्षमा उषा ठाकुर र गुणावती धामी चयन भएका छन् । रीता न्यौपाने सचिवमा निर्विरोध भएकी छन् ।
यस्तै उपसचिवमा झुमा पोखरेल र कोषाध्यक्षमा निर्मला राई चयन भएका छन् । अधिवेशनले सर्वसम्मत ५३ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।