विराटनगर : कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ३१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको थियो।
सोही सिफारिस अनुसार, शुक्रबार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। सोही दिन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ।