विराटनगर : कोशी प्रदेश सरकारको आजै विस्तार हुने भएको छ । मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको हो ।
मुख्यमन्त्रीको सपथ अहिले ५ बजे गर्ने तयारी रहेको छ । मुख्यमन्त्रीको सपथ पछि २ जना मन्त्री नियुक्त गर्ने तयारी छ । मन्त्रीपरिषदमा माओवादीबाट १ जना र एमालेबाट १ जना मन्त्री बन्ने भएका छन् ।
एमालेबाट राम राना मन्त्री बन्नेछन् । उनी इलामबाट निर्वाचित सांसद हुन् ।
यस्तै माओवादीबाट गणेश उप्रेती मन्त्री बन्ने भएका छन् । उनी मोरङ २(१) बाट निर्वाचित सांसद हुन् ।