विराटनगर : नेकपा एमाले मोरङको जिल्ला पार्टी कार्यालयमा तीन जना अग्रज नेताको सालिक निर्माण गरिएको छ ।
विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको सालिक निर्माण गरिएको हो ।
सालिक निर्माण गरेर त्यसमा रंगरोगनको कामसमेत सम्पन्न भइसकेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । पोखरेलले चाडैं पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अग्रज नेताको सालिक अनावरण गर्ने बताए ।
बेलबारीका मूर्तिकार गणेश लामाले सालिक निर्माण गरेका हुन् । उनी एमाले मोरङका जिल्ला सदस्यसमेत हुन् ।
एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले करिब एक लाख ४० हजार रुपैयाँमा सालिक निर्माण गरिएको बताए ।