काठमाडौं : अधिवेशनकाे तयारीमा रहेकाे उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएकाे छ।
जसपा अध्यक्ष यादव अमेरिका रहेकाे बेला पार्टी विभाजन भएकाे हाे।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।
वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ सांसद मिलेर आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
सांसदहरू अशोक राई, प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठलगायत विभाजनकाे पक्षमा रहेकाे बताइएकाे छ।
‘हामीले जनता समाजवादी पार्टी नाममा नयाँ पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका छौं,’ सांसद प्रदीप यादवले भने, ‘पहिलेको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल थियो।’