Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरी खानेपानीको अध्यक्षमा सुब्बासहित एमालेको प्यानलै विजयी



विराटनगर : सुनसरीको इटहरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

काँग्रेस, माओवादी, राप्रपा, नेकपा समाजवादी र रास्वपाको गठबन्धनलाई पराजीत गर्दै कार्यसमितिमा १५ जना र लेखा समितिमा ५ जना एमालेका उम्मेदवार विजयी भएका हुन् ।

इटहरी खानेपानी उपभोक्ता सस्थाको अध्यक्षमा याम सुब्बा निर्वाचित भएका छन् । उनी गएको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी कांग्रेसका हेमकर्ण पौडेलसँग पराजित बनेका थिए ।

अध्यक्षमा सुब्बाले १२५ मत प्राप्त गर्दा अर्का उम्मेदवार ठमनाथ लम्सालले ४७ मत मात्रै प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा प्रेम बस्नेत, महासचिवमा सालिकराम ढकाल, सचिवमा लोकनाथ भटटराई र कोषाध्ययमा गंगा प्रसाद दाहाल निर्वाचित भए ।

खुल्ला सदस्यमा पेशलकुमार लम्साल, मनोजकुमार राय, टोमप्रसाद तिमलसिना, सिम्रित थारु र कनकबहादुर कार्की विजयी भएका छन् भने महिला तर्फ एमालेकै हिमादेवी कार्की, कमला निरौला, बबिता नेपाली मग्राती, पुष्पा चौधरी र चेतकुमारी खड्का बास्कोटा भएका छन् ।

लेखा समितिमा राजन भट्टराई, देबी प्रसाद चापाँगाई, एलिजा खनाल, नरेन्द्र कुमार श्रेष्ठ र गोपीलाल भगत निर्वाचित भएका छन् । इटहरीमा खानेपानीको चुनावलाई मिनि इलेक्सनका रुपमा हेरिने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार