Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुहाङको विजय देशभरका युवाहरुको जीत हो : ओली



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाममा भएको उपनिर्वाचनमा सुहाङ नेम्वाङको विजय देशभरका युवाहरुको जीत भएको बताएका छन् ।

सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर काठमाडौ फर्किएका ओलीले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

ओलीले आफूहरु युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने बताए । उनले आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा महत्वपूर्ण ठाउँमा युवाहरुलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यस्तै उनले अर्को संसदमा हाम्रो तर्फबाट सुहाङजस्ता युवाहरूको बाहुल्यता रहने बताउँदै एमाले इतिहास बोकेको मात्र नभई नयाँ पुस्ताको पार्टी भएको दाबी गरे ।

ओलीले फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै:

युवा सँगसँगै !!
इलामबाट सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर म काठमाडौ फर्केको छु। सुहाङको विजय देशभरका युवाहरुको जीत हो। हामी युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने छौं। आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा हामी महत्वपूर्ण ठाउँमा युवाहरुलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्याउने छौं। अर्को संसदमा हाम्रो तर्फबाट सुहाङजस्ता युवाहरूको बाहुल्यता रहने छ। एमाले इतिहास बोकेको मात्र होइन, नयाँ पुस्ताको पार्टी पनि हो।

प्रतिक्रिया
सम्बन्धित समाचार