Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाममा एमालेका सुहाङ नेम्वाङ विजयी



विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न भएको मत गणनामा सुहाङले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ८३० मत बढी ल्याएर विजयी भएका हुन् ।

सुहाङले २७ हजार ७७२ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत मात्रै ल्याए ।

इलाममा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए ।

२०७९ मंसिर ४ गते भएको निर्वाचनका गठबन्धनका उम्मेदवार हराउँदै निर्वाचित भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार