Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम उपनिर्वाचन: एमालेको अग्रता कायमै, कांग्रेसलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार डकेन्द्र



विराटनगर : इलाम क्षेत्र नम्बर २ को जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् । सुहाङले निकटतम प्रतिद्वन्द्वीभन्दा ४ हजार ६८३ मत बढी ल्याएका छन् ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १३ हजार ६९ मत ल्याउँदा अन्य प्रतिस्पर्धिले १० हजार मत कटाउन सकेका छैनन् ।

दोस्रो नम्बरमा रहेका कांग्रेसका डम्बर खड्काले ८ हजार ३८६ मत ल्याएका छन । उनलाई ८ हजार ९८ मतका साथ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी भने इलाममा चौथो स्थानमा छ। रास्वपाका उम्मेदवार मिलन लिम्बूले १७१३ मत मात्रै ल्याएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार