विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।
फाकफोकथुम र चुलाचुलीको मत गणना सकिएर माङसेबुङको १, २ , ३ र ४ नम्बर वडाको मत गणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ३ हजार ३५७ मतले पछि पार्दै सुहाङले अग्रता लिएका हुन् ।
सुहाङ नेम्वाङले १० हजार ४१९ मत ल्याएका छने भने खड्काले ७ हजार ६२ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ५ हजार ७६१ मतसहित तेस्रो स्थानमा छन्। रास्वपाका उम्मेदवार मिलन लिम्बूले १४५४३१ मत ल्याएका छन् ।