Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुहाङको अग्रता कायमै, २६ सय मतले कांग्रेस पछाडि



विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

फाकफोकथुम र चुलाचुलीको मत गणना सकिएर माङसेबुङको १ नम्बर वडाको मत गणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई २६१८ मतले पछि पार्दै सुहाङले अग्रता लिएका हुन् ।

सुहाङ नेम्वाङले ८ हजार ८८९८  मत ल्याएका छने भने खड्काले ६ हजार २८० मत ल्याएर पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४६३४ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले १३०५ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार