विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीतबहादुर राईले फाकफोकथुम गाउँपालिकाका दुई वटा वडामा मत पाएका छैनन् ।
जारी मतगणनामा फाकफोकथुम १, २ र ३ नम्बर वडाको मतगणना सकिँदा राईले जम्मा ६ मत पाएका छन् । उनले वडा नम्बर २ बाट ६ मत पाएका हुन् ।
राईले १ र ३ नम्बर वडामा मत पाउन सकेनन् । इलाम पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला पनि हो । राईले चुनावमा खनाल चुनावी कमान्डरका रुपमा खटेका थिए ।
फाकफोकथुमका ३ वडाको गणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले २८ मतले अग्रता लिएका छन् । खड्काले एक हजार ६५८ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका सुहाङ नेम्वाङले एक हजार ६३० मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३० मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३०९ मत ल्याएका छन् ।