Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मतान्तर घटाउँदै सुहाङ, डम्बर २६ मतले अघि



विराटनगर : इलाम क्षेत्र नम्बर उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन् ।

फाकफोकथुम गाउँपालिकाको १, २ र ३ नम्बर वडाको मत गणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले २८ मतले अग्रता लिएका छन् ।

खड्काले एक हजार ६५८ मत ल्याएका छन् । यस्तै सुहाङ नेम्वाङले एक हजार ६३० मत ल्याएका छन् । दुई वडाको मत गणना गर्दा ८३ मतले अघि लागेका खड्काले फाकफोकथुम ३ को मतगणना सकिँदा २८ मतले मात्रै अग्रता लिएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३० मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३०९ मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार