Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम २ मा कांग्रेसलाई सुरुवाती अग्रता, पछ्याउँदै सुहाङ



विराटनगर : इलाम क्षेत्र नम्बर उपनिर्वाचनमा नेपाली कांग्रेसले सुरुवाती अग्रता बढाएको छ ।

फाकफोकथुम गाउँपालिकाको १ र २ नम्बर वडाको मत गणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् । खड्काले एक हजार १५५ मत ल्याएका छन् ।

यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङ दोस्रो स्थानमा छन् । उनले एक हजार ७२ मत ल्याएर खड्कालाई पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले २११ मत ल्याएका छन् । फाकफोकथुम कांग्रेसको पकड क्षेत्र मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार