Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाई नगरपालिकाको कार्यालयमा तालाबन्दी



विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा तालाबन्दी गरिएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।

कोरोना कालमा जनतालाई वितरण गर्नका लागि भनेर ल्याएको राहत सामाग्री तीन वर्षपछि खोलामा लगेर गाडेपछि केही दिनयता नगरबासी आन्दोलनमा छन । सोही क्रममा उनीहरुले नगरपालिका अगाडि प्रदर्शन गर्दै आज दिउँसो तालाबन्दी गरेका हुन् ।

नगरपालिकाका कृषि शाखा प्रमुख, लेखा अधिकृत र जिन्सी शाखा प्रमुखलाई तत्काल निलम्बन गर्नुपने आन्दोलनरत पक्षको माग छ ।

यस्तै उनीहरुले घटना सम्बन्धमा निष्पक्ष छानविन समिति गठन गर्न मागसमेत गरेका छन् । आन्दोलनरत पक्षले वडा नम्बर ७ को कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार