Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वामपन्थीको एकताको सन्देश विश्वभर पुर्‍याउन सुहाङ्गलाई जिताऔँ : गजुरेल



विराटनगर : नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ्ग नेम्बाङ्गलाई इलाबाट जिताउनु पर्ने बताए ।

नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए । उनले २०७४ को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पिडाहरू भएको बताए ।

उनले भने, ‘हामी इतिहासबाट पाठ सिकेर फेरी एक भएर आएका छौ । वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।’

उनले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै बापन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताए । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै सहाङ्ग नेम्बाङ्गको जीत भइसकेको बताए । उनले भने, ‘ अत्यधिक बहुमतले जिताएर बामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनु पर्छ । हिजो को को बाटा गल्ती भयो ? कमजोरीहरू के के भए केलाउँला रु तर अहिले सबै कुरा बिर्सिएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार