Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशसभाका सचिव पराजुलीले लिए शपथ



विराटनगर : कोशी प्रदेशसभा सचिवालयको सचिवमा पुनः नियुक्ति भएका गोपालप्रसाद पराजुलीले शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेशसभा सचिवालयमा उनलाई सभामुख अम्बरबहादुर बिष्टले शपथ ग्रहण गराएका हुन् ।

सभामुख अम्बरबहादुर बिष्टको सिफारिसमा गत सोमबार प्रदेश प्रमुख परशुराम खापुङले पराजुलीलाई पुनः सचिवमा नियुक्त गरेका थिए ।

पराजुलीको पदावधि यही वैशाख ८ गतेसम्म रहेको थियो । पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए ।

उनलाई नेपालको संविधानको धारा १९५ को (१) अनुसार सभामुख विष्टले सचिवमा नियुक्तिको सिफारिस प्रदेश प्रमुखसमक्ष गरेका थिए । प्रदेशसभा सचिवको पदावधि ५ वर्षको हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार