विराटनगर : सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेकी अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज मनोनीत गरेका हुन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ।