Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशसभामा पेस भएको संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप



विराटनगर : नेकपा एमालेले कोशी प्रदेशसभामा पेस भएको संकल्प प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

बिहीबार प्रदेशसभामा बसेको संसदीय दलको बैठकले एमाले र माओवादीले पेस गरेको संकल्प प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

बुधबार दलहरुबीच भएको सहमति र कार्यव्यवस्था परामर्श समितिको छलफलपछि एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव आजको प्रदेशसभामा पेस हुँदैछ । प्रदेशसभाको बैठक अहिले बसिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार