Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थायित्वको लागि कांग्रेस बाधक बन्नु हुँदैन्, मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ : थापा



विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशको स्थायित्वको लागि कांग्रेस बाधक बन्न नहुने बताएका छन् ।

सोमबार नेकपा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन लिएपछि थापाले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् । विश्वासको मत पाउने सम्भावना नभए राजीनामा दिएर मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने थापाको भनााइ छ ।

उनले कार्कीलाई मध्यावदीको बाटो नरोज्न आग्रह गरेका छन् । उनले भने, ‘अहिले मध्यावदीमा जानु हुँदैन, यसको पक्षमा दलहरुर मतदाता पनि छैनन् ।’

थापाले कोशी प्रदेशको स्थिरता र स्थायित्वको लागि नेपाली कांग्रेस बाधक नबन्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार