Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा माओवादीका तीन मन्त्रीले दिए राजीनामा



मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश

विराटनगर : कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

सोमबार उनीहरूले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

नेकपा मओवादी संसदीय दल कोशीको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रीहरुले राजीनामा दिएका हुन ।

सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र उर्जा तथा खानेपानी मन्त्री नारायण मगरले राजीनामा दिएका हुन ।

मन्त्रीको राजीनामासँगै नेकपा एमाले र माओवादीले संयुक्त सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् । आजै प्रदेश प्रमुखकोमा उपस्थित भएर समर्थन फिर्ताको पत्र बुझाउने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार