विराटनगर : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई विजय गराउन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धीरेन्द्र शर्माले अपिल गरेका छन् ।
एमाले र माओवादीको संयुक्त उम्मेदवार बनेका सुहाङलाई जिताउन शर्माले इलामका मतदातासँग अपिल गरेका हुन् ।
सुहाङको उम्मेदवारीले उत्साह देखिएको बताउँदै उनले भने, ‘माओवादीको समर्थनमा मनोनयन गरेका उम्मेदवार सुहाङ नेम्वाङलाई विजय गराउन सम्पूर्ण इलामबासीमा अपिल गर्न चाहन्छु ।’
नेकपा माओवादी विप्लवको समर्थनले सुहाङ वामपन्थीको साझा उम्मेदवार भएको बताए । नेकपा एकीकृत समाजवादी पार्टीले पनि उम्मेदवारी फिर्ता लिएर सुहाङलाई समर्थन गर्ने शर्माको विश्वास छ ।