विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभा खारेज गर्नु उत्तम हुने बताएका छन् ।
बिहीबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई पुनःसंरचना गरेर ल्याइएको व्यवस्थाले देशलाई आर्थिक नोक्सान भएको प्रदेशसभा खारेज गर्नुपर्ने बताए ।
लिङ्देनले प्रदेशको कुनै काम नभएको बताए । उनले प्रदेश संरचनाको ठाउँमा केन्द्रीय सरकार र सरकार मातहतका आयोग बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे ।
संवैधानिक निकाय राजनीतिक दलको भर्ती केन्द्र नबनाई स्वस्थ प्रतिस्पर्धाबाट प्रमुख ल्याउँदा ती निकाय पनि बलियो र काम गर्नसक्ने क्षमताको हुने लिङ्देनको भनाइ थियो ।