विराटनगर : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा चाडैँ केन्द्रको गठबन्धनअनुसारको सरकार बन्ने दाबी गरेका छन् ।
बिहीबार प्रेस चौतारी कोशी प्रदेश सल्लाहकार समितिको बैठकमा बोल्दै कार्कीले प्रदेशमा नयाँ गठबन्धनले सरकारसमक्ष दाबी पेश गर्ने बताए ।
एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले प्रदेशसभाका अर्को सरकार बन्ने विकल्प भएसम्म संसद विघटन नहुने दाबी गर्दै संविधानको धारा ५ र २ मा फर्किने बताए ।
कार्कीले एमाले–माओवादीले सरकार दाबी गरेपछि वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने बहानामा एक महिना सरकार थप्न सक्ने बताए । कोशीमा नयाँ सरकार गठनका लागि माओवादीका कारण ढिलाइ भइरहेको उनको भनाइ छ