Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाममा माओवादीले सुहाङलाई सहयोग गर्ने



विराटनगर : इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्रले सघाउने भएको छ ।

माओवादी केन्द्रीय सदस्य तथा इलाम उपनिर्वाचनका लागि सिफारिस भएका धिरेन्द्र शर्माले यसको पुष्टि गरे । उनले केन्द्रबाट एमालेलाई सहयोग गर्न निर्देशन आएको बताए ।

बैशाख १५ मा हुने उपनिर्वाचनका लागि माओवादी इलाम जिल्ला कमिटीले शर्माको एकल नाम सिफारिस गरेको थियोे ।

शर्माले भने, ‘सम्भवतः दुवै पार्टीका शीर्ष नेताबीच सहमति भएको होला, हामीलाई इलाम-२ मा एमाले उम्मेदवारलाई सघाउन केन्द्रबाट निर्देशन आएको छ । पार्टीको निर्णय कार्यान्वयन हुन्छ।’

एमालेले भने इलाम-२ का तत्कालीन सांसद तथा उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएर चुनावी अभियानमा होमिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार