विराटनगर : नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खामलाई मंगलबार ठमेलबाट पक्राउ गरेकाे हाे।
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको अभियोग लागेका उनी १५ वर्षदेखि फरार सूचीमा थिए।
तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खाम हाल माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका छन्।
उनीमाथि २०६५ वैशाख २८ गते कोटेश्वरका व्यापारी श्रेष्ठको अपहरण गरी चितवनस्थित शक्तिखाेरमा लगेर हत्या गरेकाे आराेप छ।
यसैगरी २०६७ असार २७ गते गाेंगबुस्थित उनकाे डेराबाट विभिन्न हतियारमा लाग्ने गाेली बरामद, साेही वर्ष असारकै २५ गते यार्सा बिक्री गर्ने निहुँमा बाेलाएर चिनिया नागरिकसँग २१ लाख २० हजार चाेरी गरेकाे, सरकारी छाप दस्तखत किर्ते गरेकाे उनीमाथि अभियाेग छ।