विराटनगर : मोरङ क्षेत्र नम्बर २ का सांसद ऋषिकेश पोखरेलले मोरङ जिल्लामा सञ्चालन भइरहेका विषेश सडकहरुको निर्माण समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद पोखरेलले मदन भण्डारी, हुलाकी, जिपि मार्ग, डायनिया-पथरी सडक र अमर मार्गमा समयमै काम नहुँदा सरकारको लगानी खेर गइरहेकाले आगामी बजेटमा योजनामा पारी काम सम्पन्न गर्न माग गरेका हुन् ।
यस्तै उनले रतुवा पुल, अल्टाई पुलको काम पनि समयमै सम्पन्न गर्न पोखरेलले माग गरेका छन् ।