Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा नयाँ सरकार बनाउन राजेन्द्र राईको दौडधुप !



विराटनगर : कोशी प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले दौडधुप बढाएका छन् ।

केन्द्रमा नयाँ समीकरण बनेसँगै सोहीअनुसार प्रदेशमा नयाँ सरकार बनाउन राईले नेताहरूसँग छलफल गरिरहेका छन् ।

नेकपा एस अहिले कांग्रेसका केदार कार्की नेतृत्वको सरकारमा सहभागी छ । एसका सांसद कमलप्रसाद जबेगु प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री छन् ।

प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका राईले नेकपा एमाले संसदीय दलका नेता पूर्वमुख्यमन्त्री हिक्मत कार्कीसँग छलफल गरेका छन् । यस्तै शुक्रबार वर्तमान मुख्यमन्त्री केदार कार्कीसँग पनि उनलेे छलफल गरेका हुन् ।

उनले नयाँ सरकार गठनका लागि देखिएको राजनीतिक र संवैधानिक जटिलताका विषयमा प्रदेश प्रमुख परशुराम खापुङसँग पनि छलफल गरेको बताइएको छ ।

केन्द्रमा नयाँ समीकरण बनेपनि प्रदेशमा दलहरुबीच छलफल हुन सकेको थिएन् । नेताहरूले कोशीमा चाडैं सरकार गठनको रोडम्याप तयार गरेर अघि बढ्ने बताएका छन् । यद्यपि प्रदेशको नेतृत्व कसले गर्ने भनेर केन्द्रमा सहमति भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार