Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शेखरको प्रस्टीकरण: कोशीमा माओवादीलाई मुख्यमन्त्री बन्न मैले रोके



विराटनगर : नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले नेकपा माओवादीलाई कोशी प्रदेशको मुख्यमन्त्री बन्न नदिन आफूले रोकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले कोशीमा माओवादीले मुख्यमन्त्री लिने गठबन्धनमा सहमति भएपनि त्यसलाई आफूले रोकेको बताए ।

माओवादीलाई मुख्यमन्त्री दिने पक्षमा आफू नरहेको उनले बताए । उनले कांग्रेसलाई बचाउन उक्त कदम चालेको बताए ।

कोशीमा कांग्रेसले संविधानको धारालाई टेकेर सरकारको नेतृत्व गरिरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार