Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सौंठा क्याम्पसको अध्यक्षमा कोमलप्रसाद घिमिरे निर्वाचित



रतुवामाई : मोरङको रतुवामाई नगरपालिका-६ स्थित सौंठा बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा कोमलप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा अन्य प्रतिस्पर्धिलाई फराकिलो मतान्तरले पछि पार्दै घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् ।

१६९ जना मतदातामध्ये घिमिरेले ९३ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक भरतमणी कार्कीले जानकारी दिए । घिमिरे पूर्व शिक्षक हुन् ।

यस्तै अध्यक्षका प्रतिस्पर्धि जीवन पनेरुले ५३ मत पाए । पनेरु कांग्रेसका स्थानीय नेता हुन् । अध्यक्षमा चार जनाबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्षका अन्य उम्मेदवार भगिरथ भट्टराईले १८ र मातृका भट्टराईले ४ मत ल्याए ।

भगिरथ भट्टराई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीका ससुरा हुन् । यता मातृका निवर्तमान क्याम्पस अध्यक्ष हुन् ।

सञ्चालक समितिको उपाध्यक्ष र सदस्यहरुमा भने निर्विरोध भएको छ । उपाध्यक्षमा कृष्णप्रसाद तिम्सिना र सदस्यहरुमा विनोद थापा, गजेन्द्रबहादुर बस्नेत, सिताराम अधिकारी, चन्द्रकला भण्डारी, गायत्रा पोखरेल र अर्जुन अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार