Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सौंठा क्याम्पसको अध्यक्षमा मन्त्रीका ससुरासहित ४ जना चुनावमा



विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ मा रहेको सौंठा बहुमुखी क्याम्पसको अध्यक्षमा चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

क्याम्सपको अध्यक्ष बन्नका लागि मन्त्रीका ससुरादेखि स्थानीय नेतासम्म चुनावमा होमिएका छन् । अध्यक्षमा भगिरथ भट्टराई, मात्रिका भट्टराई, जीवन पनेरु र कोमलप्रसाद घिमिरेबीच चुनाव हुने भएको छ ।

भगिरथ भट्टराई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीका ससुरा हुन् । उनी माओवादी समर्थित हुन् । निर्वतमान अध्यक्षसमेत रहेका मात्रिका भट्टराई र जीवन पनेरु नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

यस्तै घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । त्यसका लागि शुक्रबार दिउँसो १२ बजेबाट निर्वाचन हुने बताइएको छ ।

अध्यक्षमा उम्मेदवारी दिएकी इन्दिरा अधिकारीले भने उम्मेदवारी फिर्ता लिएकी छन् । उनी रतुवामाईका पूर्वमेयर तथा कांग्रेस नेता रविन राईकी सासु हुन् ।

सञ्चालक समितिको उपाध्यक्ष र सदस्यहरुमा भने निर्विरोध भएको छ । उपाध्यक्षमा कृष्णप्रसाद तिम्सिना र सदस्यहरुमा विनोद थापा, गजेन्द्रबहादुर बस्नेत, सिताराम अधिकारी, चन्द्रकला भण्डारी, गायत्रा पोखरेल र अर्जुन अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार